यी हुन् प्रदेश सभाका कामचलाउ ७ सभामुख

यी हुन् प्रदेश सभाका कामचलाउ ७ सभामुख

केन्द्रबिन्दु
0
Shares

प्रदेशसभाका सांसदहरुले निर्वाचित भएको करिव दुई महिना पछी आइतबार सातवटै प्रदेशमा जेष्ठ संसदबाट सपथ लिएका छन । संसदमा रहेका मध्ये जेष्ठ सदस्यलाई प्रदेश प्रमुखले सपथ गराएसंगै जेष्ठ सदस्यले अन्य संसदहरुलाई सपथ खुवाएका छन ।

नेपालमा पहिलो पटक भएको संघीय संरचना अनुसार आ–आफ्नो प्रदेशका राजधानीमा प्रदेश संसदहरुले सपथ ग्रहण गरेका हुन् । जनताको सोझो चिताई, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनियता कायम राखी इमान्दारीका साथ कामकाज गर्ने सपथ खाएका हुन ।
सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा उनीहरुले नै संसद चलाउने छन् ।

 

यी हुन प्रदेश सभाका कामचलाउ सभामुखहरु
१.ओमप्रकाश सरावगी
प्रदेश नं १ का प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई शपथ खुवाएपछि सरावगीले १ नं प्रदेशसभाका सदस्यलाई सामूहिक रुपमा शपथ खुवाए । नेपाली कांग्रेसबाट समानुपातिकबाट छनोट भएका सरावगीको जन्म वि. सं. २००० चैत ३० गते झापाको भद्रपुरमा भएको हो । उनी प्रदेश सभा प्रदेश नं. १ का जेष्ठ सदस्य हुन । ७४ बर्षीय सरावगीसँग प्रदेशका ५६ प्रत्यक्ष र ३७ समानुपातिक प्रदेश सदस्यले शपथ लिएका छन ।

२. लगनलाल चौधरी
प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थबाट जेष्ठ सदस्य लगनलाल चौधरीले नेपाली भाषामा सपथ लिए । एमालेका चौधरी सिरहा १ क बाट निर्वाचत प्रदेशसभा सदस्य हुन् । प्रदेश प्रमुख कायस्थले सभाका ज्येष्ठ सदस्य चौधरीको जन्म वि.सं. १९९८ जेठ १७ गते सिराहको लाहानमा भएको हो । सदस्यहरुले भने नेपाली, मैथिली, भोजपुरी र हिन्दी लगायत भाषामा शपथ लिएका थिए । १ सय ७ सदस्यमध्ये सबैभन्दा बढी मैथिली भाषामा ४७, भोजपुरीमा २५, नेपालीमा २४ र हिन्दीमा ११ जनाले शपथ ग्रहण लिएका हुन ।

३. डोरमणि पौडेल
प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई सुरुमा शपथ खुवाइन् । ३ नं. प्रदेशका कुल ११० सांसद रहेका छन । विक्रम सम्बत २००२ साल चैत्र १५ गते हेटौडामा जन्मिएका पौडेल प्रदेश सभा संसद मध्ये सबैभन्दा जेष्ठ सदस्य हुन । पौडेल प्रदेश सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ को प्रदेश ख मा एमालेवाट निर्वाचीत सांसद हुन् ।

४. जनकलाल श्रेष्ठ
प्रमुख बाबुराम कुँवरले प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ गराए । श्रेष्ठले प्रदेशसभाका बाँकी ५७ जना सांसदलाई सपथ खुवाएका हुन् । प्रदेश सभाका लागि निर्बाचित ३६ र २४ समानुपातिक गरी ६० जना सदस्य रहेकोमा श्रेष्ठ सँगै ५८ जनाले आईतबार सपथ ग्रहण गरेका हुन् । २००७ साल र्कािर्तक १८ गते जन्मिएका श्रेष्ठ प्रदेश नं. ४ का जेष्ठ संसद प्रदेश सभा निर्वाचनमा पूर्वी नवलपुरको क्षेत्र नं. २ को ख मा एमालेको तर्फवाट निर्वाचित भएका हुन । उनले ५८ प्रदेशसभा सदस्यलाई शपथ खुवाएका हुन् । मनाङ ‘ख’बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशपछि सांसदको शपथ लिनबाट बञ्चित भएका छन् ।

५. बलदेव शर्मा पोखरेल
प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले आइतबार नै पदबहाली गर्दै जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई शपथ खुवाएका थिए । पोखरेलले ८६ सांसदलाई शपथ खुवाए । प्रदेश नम्बर ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यहरु मध्ये सबैभन्दा जेष्ठ सदस्य पोखरेलको जन्म १९९५ माघ ५ गते प्यूठानमा भएको हो । हाल उनी रुपन्देहीका स्थायी बासिन्दा हुन् । उनी नेपाली काँग्रेसको समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य भएका हुन् ।

६. हिमबहादुर शाही
प्रदेश नम्बर ६ का जेष्ठ सदस्य हिमबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट सपथ लिएपछि बाँकी ३९ जना सदस्यहरुलाई जेष्ठ सदस्य शाहीले सपथ खुवाएका हुन् । ६८ वर्षीय हिमबहादुर शाहीले ३९ सांसदलाई शपथ खुवाएका छन । शाही नेपाली काँग्रेसको समानुपातिक सूचीवाट प्रदेशसभा सदस्य भएको हुन । प्रदेश ६ मा प्रत्यक्ष र समानुपातिक गरी ४० जना सांसद रहेका छन् । मौसम खरावीका कारण शनिबार उडान हुन नसकेपछि आइतबार प्रदेश प्रमुख खनालसहित २७ जना प्रदेश सदस्य सेनाको हेलिकोप्टरबाट आइतबार विहान मात्रै सपथ लिन सुर्खेत पुगेका थिए ।

७. दिव्यश्वरी शाह
प्रदेश नम्बर ७ को शपथ ग्रहण प्रदेश प्रमुख मोहनराज मल्लको जहाज नउडेपछि गाडीबाट धनगढी आउँदा शपथ नै ढिला हुने भएको हो । प्रदेश प्रमुख धनगढी आए लगत्तै पदबहाली गर्ने र ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाउनेछन । शाहले ५२ जना प्रदेशसभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम रहेको छ । प्रदेश ७ मा प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य छन ।

 

Skip This
Logo