गृहमन्त्री सुदन गुरुङको वरियता खस्कियो

गृहमन्त्री सुदन गुरुङको वरियता खस्कियो

केन्द्रबिन्दु
4.97k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को कार्यविभाजन र मर्यादाक्रममा हेरफेर गरेका छन् ।

मंगलबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार यसअघि मन्त्रिपरिषद्मा तेस्रो बरियतामा रहेका गृहमन्त्री सुदन गुरुङको स्थान यसपटक केही खस्किएको छ । नयाँ कार्यविभाजन अनुसार उनी अब पाँचौँ बरियतामा पुगेका छन् । उनलाई यसअघि सम्हाल्दै आएको गृह मन्त्रालयको जिम्मेवारीमा भने निरन्तरता दिइएको छ ।

नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्री बालेन्द्र शाहपछि दोस्रो स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहेका छन् । त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ चौथो बरियतामा उक्लिएका छन् । चौथो स्थानमा रहेका श्रेष्ठ सुदन गुरुङभन्दा एक तह माथि पुगेका हुन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास जस्ता मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तोकिएको छ ।

Logo