कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सोमबारका लागि बोलाइएको नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएकाे छ ।

पार्टीभित्रको विवादको समाधान र कोरोना संक्रमणका कारण केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २७ गते बिहीबारसम्मका लागि स्थगित भएको हो । आइतबारको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले केन्द्रीय कार्यसमितिको बैठक बिहीबारसम्मका लागि  स्थगित गर्ने जनाएकाे छ ।

पार्टीभित्र उत्पन्न विवादमा सहमति खोज्नुपर्ने भन्दै यसअघि शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक सोमबारका लागि सारिएको थियो ।

पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने विषयमा केहि दिनयता काग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बस्दै आएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले १६ बुँदे असहमतिपत्र पार्टी कार्यालयमा दर्ता गरेपछि विवाद समाधानका लागि बैठक बस्न लागेकाे हाे ।

Logo