काठमाडौं,६,माघ
कांग्रेस सभापति शेरबहादुर देउवा महासमिति भेला बोलाउन लचक भएका छन् । निर्वाचनमा पराजयपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले नेतृत्वको चर्को आलोचना गर्दै महासमिति बोलाउन माग गरेपछि फागुनमा अर्को केन्द्रीय कार्यसमिति बैठक गरेर महासमिति भेला गर्न सभापति शेरबहादुर देउवा तयार भएको केन्द्रीय सदस्य कल्याण गुरुङले बताए । "/>

नेतृत्वको चर्को आलोचना पछि महासमिति बोलाउन देउवा तयार

नेतृत्वको चर्को आलोचना पछि महासमिति बोलाउन देउवा तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६,माघ
कांग्रेस सभापति शेरबहादुर देउवा महासमिति भेला बोलाउन लचक भएका छन् । निर्वाचनमा पराजयपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले नेतृत्वको चर्को आलोचना गर्दै महासमिति बोलाउन माग गरेपछि फागुनमा अर्को केन्द्रीय कार्यसमिति बैठक गरेर महासमिति भेला गर्न सभापति शेरबहादुर देउवा तयार भएको केन्द्रीय सदस्य कल्याण गुरुङले बताए । ‘अधिकांश केन्द्रीय सदस्यले माग गरेपछि नेतृत्व महासमितिमा जान लचक भएको छ, गुरुङले भने।

बैठकपछि जारी विज्ञप्तिमा नेताहरूको मागलाई मध्यनजर गर्दै उपयुक्त समयमा महासमिति बैठक बोलाउने उल्लेख गरिएको छ । बैठकले चुनावमा पार्टीले ल्याएको नतिजाका विषयमा जिल्ला, नगर र गाउँ कमिटीको समन्वय गरी एक महिना भित्र प्रतिवेदन बुझाउन सम्बन्धित उम्मेदवारलाई निर्देशन समेत दिएको छ ।

सभापति देउवाले राष्ट्रियसभा निर्वाचनका विषयमा मात्रै कुरा राख्न आग्रह गरे पनि नेताहरूले चुनावी हार र समग्र पार्टीको अवस्थाका विषय उठाउन थालेपछि बिहीबार सुरु भएको बैठक शुक्रबार अबेर सम्म चलेको थियो । बिहान ११ बजे बालुवाटारमा सुरु भएको बैठक नवीन्द्रराज जोशीका पिताको निधन भएका कारण स्थगित भएको थियो।
अन्नपूर्णबाट

Skip This
Logo