काठमाडौं। श्रममन्त्री दीपककुमार साह श्रीमतीलाई जागिर खुवाउने चक्करमा लाग्दा अन्ततः आफ्नै मन्त्रीमपद गुमेको छ । श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य विमा बोर्डको सदस्यका रूपमा नियुक्ति गरेपछि विवाद भएको हो । उनले आफ्नो पद जोगाउन बीमा बोर्डको बैठकको माइन्युट सच्याउन अन्तिमसम्म प्रयास गरेको खुलाशा भएको छ ।
श्रीमती जुनु श्रेष्ठ बोर्ड सदस्यका रूपमा विवादमा तानिएपछि साहले बैठकको निर्णयमा गरिएको हस्ताक्षर हटाउने प्रयास गरेका थिए। स्रोतका अनुसार उनले बोर्ड सदस्यहरूसँग भेटघाट गर्दै माइन्युट परिवर्तन गर्न दबाबसमेत दिएका थिए।
केही सदस्यले नयाँ माइन्युटमा हस्ताक्षर गरे पनि केहीले अस्वीकार गरेपछि विवाद झन् चर्किएको थियो।
श्रीमतीको नियुक्ति, अनुपस्थिति र पुनः प्रवेशको विषयले व्यापक आलोचना निम्त्याएपछि अन्ततः प्रधानमन्त्रीले साहलाई मन्त्री पदबाट हटाएका हुन्।





























प्रतिक्रिया