काठमाडौं,५,माघ
निर्वाचन आयोगले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नतिजा सार्वजनिक गरेपछि अब प्रदेश सरकार गठनको संवैधानिक प्रक्रिया शुरु भएको छ । "/>

सरकार भन्दा पहिले प्रदेशमा मुख्यमन्त्री

सरकार भन्दा पहिले प्रदेशमा मुख्यमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,५,माघ
निर्वाचन आयोगले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नतिजा सार्वजनिक गरेपछि अब प्रदेश सरकार गठनको संवैधानिक प्रक्रिया शुरु भएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभाको परिणाम सार्वजनिक हुने भएकाले संघीय सरकारको प्रधानमन्त्री चयन हुनु अघि नै प्रदेश सरकारको मुख्यमन्त्री चयन हुने देखिएको हो ।

सरकारले प्रदेश प्रमुख र मुकाम तोके लगत्तै निर्वाचन आयोगले प्रदेशसभाको नतिजा सार्वजनिक गरेको छ । आज निर्वाचन आयोगले उनीहरुलाई विजयी भएको प्रमाणपत्र दिनेछ । संविधान अनुसार प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिन भित्र मुख्यमन्त्री नियुक्त हुनुपर्छ । संविधानतः फागुन ३ गते भित्र सातै प्रदेशका मुख्यमन्त्री नियुक्त भइसक्ने छन् । उनीहरुले त्यसको ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्नेछ ।

राष्ट्रियसभा निर्वाचन र प्रदेश संसदको अधिवेशनसँगै हुने भएको छ । राष्ट्रियसभा माघ २४ गते निर्वाचन छ भने प्रदेश संसदको अधिवेशन माघ २३ भित्र बोलाइ सक्नु पर्नेछ । प्रदेश सांसदहरुले आ आफ्नो प्रदेशमै राष्ट्रियसभाका सदस्यहरुलाई मतदान गर्नु पर्ने भएकाले सपथग्रहण र पहिलो बैठकमा भाग लिएर उनीहरु राष्ट्रियसभा निर्वाचनमा सहभागी हुनेछन् । संविधान अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३० दिन भित्र बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुनेछन् । तर प्रतिनिधिसभाले पूर्णता पाउन राष्ट्रियसभाको निर्वाचनपछि पनि दुई साता लाग्न सक्ने अनुमान गरिएको छ ।

 

 

Skip This
Logo