भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँग ९० लाख नगद, अन्य के देखाए सम्पत्ति ?

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँग ९० लाख नगद, अन्य के देखाए सम्पत्ति ?

केन्द्रबिन्दु
42
Shares

काठमााडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले आफूसँग ९० लाख नगद रहेको खुलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनले सो रकम उल्लेख गरेका हुन् । तर, कुन बैंकमा मौज्जाद रहेको र त्यसको स्रोत के हो भन्ने खुलाएका भने छैनन् ।

साथै मन्त्री लम्सालसँग कावासोती, विरुवा र तिलोत्तमा नगरपालिका जग्गा रहेको छ । उनको परिवारका सदस्यका नाममा उक्त जग्गा रहेको सम्पत्ति विवरणमा देखिएको छ ।

सम्पत्ति विवरणमा जमुना लम्सालको नाममा तिलोत्तमा नगरपालिकामा १ कट्ठा १० धुर, कावासोतीमा पनि जमुना लम्सालकै नाममा १० कट्ठा १५ धुर जग्गा रहेको छ । साथै, विरुवा नगरपालिकामा बोधराज लम्सालको नाममा ७ रोपनी खेत, १४ रोपनी बारी र अर्को ८ रोपनी बारी रहेको उल्लेख छ । लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको छ ।

Logo