काठमाडौँ, ४ माघ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार सम्म पद तथा गोपनीयताको सपथ गराउने भएकी छिन् । "/>

प्रदेश प्रमुखहरुको सपथ शुक्रबार सम्म गराइसक्ने

प्रदेश प्रमुखहरुको सपथ शुक्रबार सम्म गराइसक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ४ माघ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार सम्म पद तथा गोपनीयताको सपथ गराउने भएकी छिन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरुको नियुक्ती गरेसँगै राष्ट्रपति कार्यालयले उनीहरुको सपथको तयारी थालेको हो।

‘सरकार र राष्ट्रपति कार्यालय दुबै तयारी मिल्यो भने आज नै सपथ हुन पनि सक्छ,’ राष्ट्रपतिका जनसम्पर्क स्वकीय सचिव जीवछ साहले भने, ‘ आज तयारी पुगेन भने शुक्रबार प्रदेश प्रमुखहरुको सपथ हुन्छ ।’ मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखहरु नियुक्त गरेपनि त्यसको जानकारी राष्ट्रपति र राष्ट्रपति कार्यालयलाई बिहीबार मात्र गराउने भएको छ । त्यसका साथै सरकारले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनका लागि राष्ट्रपति कार्यालयलाई औपचारीक आग्रह गर्नेछ।

‘सरकारको निर्णयलाई राष्ट्रपति र राष्ट्रपति कार्यालयले कार्यान्वयन गर्ने हो,’ साहले भने, ‘सरकारको तयारी अनुसार हाम्रो कार्यालयले त्यसलाई तदारुपताका साथ कार्यान्वयन गर्नेछ ।’
नागरिकबाट

Skip This
Logo