‘नव नियुक्त प्रदेश प्रमुख अनुराधा कोइरालाको नागरिकता अंगिकृत’ – पूर्वमन्त्री सरिता गिरी

‘नव नियुक्त प्रदेश प्रमुख अनुराधा कोइरालाको नागरिकता अंगिकृत’ – पूर्वमन्त्री सरिता गिरी

केन्द्रबिन्दु
0
Shares

आज बुधबार साँझ प्रदेश नम्बर ३ को प्रमुख भएसँगै अनुराधा कोइराला विवादमा तानिएकिछन् । पूर्वमन्त्री सरिता गिरीले कोइरालाको नागरिकता माथि ‘ट्वीट’ गर्दै उनको नागरिकता अंगिकृत रहेको खुलासा गरेकिहुन् ।

पूर्वसांसद गिरीले भनेकी छिन् ‘मैले जानेअनुसार उहाँ दार्जीलिङको हुनुहुन्छ र विवाहपछि नेपाली नागरिक हुनु भएको हो । म गल्ती पनि हुनसक्छु । तर, यदी यो सत्य हो भने नागरिकता कानुनको सम्बन्धमा राज्यको द्वैध नीति पुनः प्रमाणित भएको छ ।’

फोरम नेतृ गिरीको ‘ट्वीट’ छ ‘उनको विरुद्धमा मैले भन्नुपर्ने केही छैन । उहाँ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त महिला हुनुहुन्छ । धेरै महिलाको उद्दार गर्नुभएको छ । तर, मैले राज्यसँग सम्वाद गर्नुपर्छ ।’ नेपालको संविधानमा अंगिकृत नागरिकले राष्ट्रपति, उपराष्ट्रपति लगायत प्रदेश प्रमुख समेत हुन नपाउने ब्यवस्था रहेको छ ।

Skip This
Logo