संसदीय समितिका सभापति चुन्न रास्वपाको संसदीय दलको बैठक जारी

संसदीय समितिका सभापति चुन्न रास्वपाको संसदीय दलको बैठक जारी

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक अहिले बसिरहेको छ ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा केहीसमयअघि देखि बैठक जारी रहेको हो । दलको बैठकमा भाग लिन दल नेता एवम् प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह, रास्वपा सभापति रवि लामिछाने सहित सांसदहरू सिंहदरबार पुगिसकेका छन्।

आजको बैठकमा संसदीय समितिका सभापतिहरू चयन गर्ने कार्यसूची छ। प्रतिनिधि सभाअन्तर्गतका संसदीय समितिको सभापति चयनका लागि निर्वाचन भोलि शुक्रबार तोकिएको छ। संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका (दुई वटा संयुक्तसहित) १२ संसदीय समितिको सभापति चयन गर्ने तयारी छ।

रास्वपाले ११ वटा समितिको सभापति आफूले नै राख्नेछ। संसदीय समितिको सभापति हुने व्यक्तिबारे रास्वपाले भोलि नै टुंगो लगाउनेछ। लेखा समितिको सभापति भने विपक्षी दलबाट बनाउने प्रचलन छ।

Skip This
Skip This
Logo