काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । पक्राउ परेको दिनदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओली आज साँझ मात्रै डिस्चार्ज भएका हुन् ।
यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । गत सोमबार उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात उनलाई मनिटरिङका लागि आईसीयूमा राखिएको थियो ।





























प्रतिक्रिया