काठमाडौं। नेपाली कांग्रेसले प्रदेश सरकारहरूको संरचना संकुचित बनाउने विषयमा छलफल अघि बढाएको छ।
आज दिउँसो सानेपामा बस्ने बैठकमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरू सहभागी हुनेछन्। बैठकमा विशेषगरी प्रदेश मन्त्रालयहरूको संख्या घटाउने विषय मुख्य एजेन्डा रहनेछ।
कांग्रेसले आफ्नो नेतृत्वमा रहेका प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद् सानो बनाउने तयारी गरेको बताइएको छ।
हाल मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार रहेको छ। ती प्रदेशमा मन्त्रिपरिषद्को आकार ५ देखि ७ सदस्यसम्म सीमित गर्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ।
पार्टीले प्रदेश संरचनालाई चुस्त र खर्च कम हुने गरी सञ्चालन गर्ने रणनीति अघि बढाइरहेको छ।





























प्रतिक्रिया