लमजुङ ,२,माघ

पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन् । "/>

संविधानकै कारण नयाँ सरकार गठनमा ढिलाइः नेता खनाल

संविधानकै कारण नयाँ सरकार गठनमा ढिलाइः नेता खनाल

केन्द्रबिन्दु
0
Shares

लमजुङ ,२,माघ

पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन् । लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उनले भने– ‘फागुनको तेस्रो साता भित्र नयाँ सरकार गठन हुन्छ ।’ नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको उल्लेख गर्दै सरकार गठन अघि एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने बताए ।

‘हामीले बनाएको संविधानले नै सरकार गठनमा ढिलाइ भएको छ’– उनले भने, ‘संविधानमै रहेर फागुनको दोस्रो वा तेस्रो साता भित्र वाम नेतृत्वको सरकार बन्छ ।’ नेता खनालले लोकतन्त्र अझै कमजोर र कलिलो भएको भन्दै अब बन्ने सरकारले लोकतन्त्रलाई संस्थागत गर्न पहिलो प्राथमिकता दिने बताए । ‘हामीले लामो संघर्ष गरेर ल्याएको लोकतन्त्र अझै कलिलो छ’– उनले भने, ‘ अब बन्ने सरकारले सबैभन्दा पहिला लोकतन्त्रलाई बलियो र संस्थागत गर्नेछ।’
नागरिकबाट

Skip This
Logo