चितवन, १, माघ

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कति खर्च गरे होलान् ? २५ लाख भन्दा बढी खर्च गर्न नपाइने निर्वाचन आयोगको नियम छ । "/>

प्रचण्डको चुनाव खर्च ९ लाख ९४ हजार !

प्रचण्डको चुनाव खर्च ९ लाख ९४ हजार !

केन्द्रबिन्दु
0
Shares

चितवन, १, माघ

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कति खर्च गरे होलान् ? २५ लाख भन्दा बढी खर्च गर्न नपाइने निर्वाचन आयोगको नियम छ । धेरै गरे पनि निर्वाचन कार्यालयमा बुझाउने विवरणमा २५ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको कसैले लेख्दैनन् । दाहालले पनि त्यही हाराहारीको खर्च विवरण बुझाएको ठान्नु भएको छ भने तपाईं गलत हुनुहुन्छ । उनले पेस गरेको विवरणमा त्यसको आधा पनि खर्च नभएको देखिन्छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल वाम गठबन्धनबाट चितवन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष तथा वनमन्त्री विक्रम पाण्डे थिए । पाण्डेलाई कांग्रेसको समर्थन थियो । दुवैको प्रचार शैली निकै खर्चिलो देखिन्थ्यो । चुनावपछि भरतपुरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले राखेको सम्मान कार्यक्रममा दाहालले यसअघि दुई पटक चुनाव लडे पनि चुनावै लडेको जस्तो साँच्चैको अनुभूति यसपटक भएको भनार्इ राखेका थिए । कात्तिक १६ मा मनोनयन दर्ता गरेपछि मतदान सम्म अधिकतम समय उनले आफ्नै निर्वाचन क्षेत्रमा बिताए ।

क्षेत्र ३ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वटा वडा पर्छन् । त्यस्तै माडी नगरपालिका पनि यसै क्षेत्रमा पर्छ । दाहाल चुनावी अभियानक्रममा भरतपुरका १९ वटा वडा र माडी नगरपालिकाका सबै वडामा पुगेको क्षेत्र नं. ३ मा प्रचारप्रसारको संयोजन गरेका माओवादी केन्द्रका नेता सूर्य सुवेदी पथिकले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयमा पाण्डे र दाहालले बुझाएको विवरण हेर्दा पनि उनीहरुले खर्चमा प्रतिस्पर्धा गरेको छर्लंग हुन्छ । तर उनीहरुले पेस गरेको खर्च विवरण अरूले सोचे भन्दा निकै थोरै छ । पाण्डेले पुस २० गते निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार चुनावमा उनले ९ लाख ३९ हजार ३४० रुपैयाँ खर्च गरेका छन् ।

दाहालले आफ्ना प्रतिनिधि सूर्य सुवेदी पथिक मार्फत पुस २८ गते चितवन जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेस गरेका छन् । चुनावमा आफूले ९ लाख ९४ हजार ५४२ रुपैयाँ खर्च गरेको दाहालको जिकिर छ । सो विवरण हेर्दा प्रतिनिधिसभामा चितवनमा विजयी उम्मेदवार मध्ये सबैभन्दा कम खर्च दाहालले गरेको देखिन्छ । यसलाई कति विश्वसनिय मान्ने भनेर अहिले सबैले आलोचना गर्न थालेका छन् ।
नागरिकबाट

Skip This
Logo