धनगढी, १, माघ
प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त प्रधानमन्त्री बन्ने टुंगो लाग्ने बित्तिकै सत्ता हस्तान्तरण गर्न आफू तयार भएको बताएका छन । "/>

प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ? : देउवा

प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ? : देउवा

केन्द्रबिन्दु
0
Shares

धनगढी, १, माघ
प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त प्रधानमन्त्री बन्ने टुंगो लाग्ने बित्तिकै सत्ता हस्तान्तरण गर्न आफू तयार भएको बताएका छन । प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नै नलागेकाले कसलाई सत्ता हस्तान्तरण गर्ने उनको प्रश्न छ । आइतवार कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उदघाटन गर्दै देउवाले अर्थहिन र भ्रम फैलाउने उद्येश्यले आफुलाई सत्ता नछोडेको आरोप लगाएको बताएका छन् । ‘निर्वाचनमा कसैको बहुमत आएको छैन, संसद गठन भएको छैन,’ उनले भने,‘ कस्लाई सत्ता सुम्पने ?’ बहुमत प्राप्त गरेर प्रधानमन्त्री को बन्ने भनेर टुंगो लागी नसकेकाले सत्ता छोडेर मुलुकलाई नेतृत्व बिहिन बनाउन नचाहेको उनको भनाई छ । वामगठबन्धनले आफु प्रधानमन्त्री को बन्ने भनेर टुंगो लगाउन नसकेको उल्लेख गर्दै आफुलाई सत्ता नछाडेको भन्न लाज लाग्नु पर्ने बताए । ‘वामगठबन्धन आफुले प्रधानमन्त्री बन्ने मान्छे टुंगो लगाउन नसक्ने, मलाई सत्ता छोडेन भन्न लाज लाग्नुपर्छ’ उनले भने।

आफुलाई सत्ता लम्व्याउने खेलमा लागेको भन्दै विपक्षीले गरिरहेको आलोचना अर्थहिन र भ्रम फैलाउने उद्देश्यले गरिएको उनको भनाई छ । ‘कानुनी प्रकृया, संविधानको दायरा केही नबुझिकन सत्ता हस्तान्तरणको राग मात्र अलापेर नहुने देउवाको भनाई छ । ‘ को हो प्रधानमन्त्री हुने ? कानुन सम्मत रुपमा अगाडि आउनु पर्यो’ उनले भने, ‘ म एक मिनेटमै सत्ता छोड्न तयार छु।’
नागरिकबाट

Skip This
Logo