काठमाडौँ, १, माघ
वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा गठित संयुक्त कार्यदलले प्रदेश मुख्यमन्त्री र सभामुख बाँडफाँटको खाका तय गरेको छ । "/>

वाम गठबन्धनले बाँढे मुख्यमन्त्री र सभामुख :चारवटा प्रदेशमा आलोपालो नेतृत्व

वाम गठबन्धनले बाँढे मुख्यमन्त्री र सभामुख :चारवटा प्रदेशमा आलोपालो नेतृत्व

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १, माघ
वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा गठित संयुक्त कार्यदलले प्रदेश मुख्यमन्त्री र सभामुख बाँडफाँटको खाका तय गरेको छ । दुवै पार्टीका तीन–तीन जना सदस्य सम्मिलित कार्यदलले प्रदेशमा एक दलको मुख्यमन्त्री भए सो प्रदेशमा सभामुख अर्को पार्टीको हुनेगरी प्रारम्भिक मापदण्ड तय गरेको छ । दुई दलले मुख्यमन्त्री र सभामुख फरक–फरक दलको हुनेगरी सुझाव पेस गर्ने तयारी गरेका हुन् । कार्यदलको सुझाव कार्यान्वयन भए एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओवादी केन्द्रका तर्फबाट सभामुख हुनेछन् । उपसभामुख भने एमालेकै हुने देखिएको छ ।

माओवादी केन्द्रको मुख्यमन्त्री भएको ठाउँमा एमालेका तर्फबाट सभामुख हुनेछन् । संवैधानिक व्यवस्था अनुसार एउटै पार्टीको सभामुख र उपसभामुख नहुने हुँदा उपसभामुख समेत माओवादी केन्द्रकै तर्फबाट हुनेछन् । नेकपा माओवादी केन्द्रका नेता तथा कार्यदल सदस्य वर्षमान पुनले एउटा दलको मुख्यमन्त्री भएको प्रदेशमा सभामुख फरक दलको हुने र सभामुख र उपसभामुख पनि फरक दल हुनेगरी छलफल भइरहेको बताए । कार्यदलको आइतबार बसेको बैठकमा माओवादी केन्द्रले सात प्रदेश मध्ये ६ वटामा दुई दलको बहुमतका आधारमा सरकार बन्ने भन्दै दुईवटा मुख्यमन्त्री र चारवटा सभामुख पाउनु पर्ने प्रस्ताव राखेको छ ।
राजधानीबाट

Skip This
Logo