म्याग्दी ,३०,पुस

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा शान्ति र स्थायित्वका लागि वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । "/>

सरकार निर्माण र पार्टी एकता सँगै हुन्छ : दाहाल

सरकार निर्माण र पार्टी एकता सँगै हुन्छ : दाहाल

केन्द्रबिन्दु
0
Shares

म्याग्दी ,३०,पुस

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा शान्ति र स्थायित्वका लागि वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । दाहालले एमाले–माओवादी पार्टी एकता र सरकार गठन सँगसँगै हुने बताए। छैटौं म्याग्दी महोत्सव माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेलाको शुक्रबार बेनीमा उद्घाटन गदैं पूर्वप्रधानमन्त्री दाहालले माओवादी र एमाले पार्टी एकता सहमतिबाट पछाडि हट्ने सम्भावना नभएको बताए । ‘वाम गठबन्धन कसै प्रति लक्षित छैन् । सधैं राजनीतिक मुद्दामा केन्द्रित हुँदा देशमा विकासले गति लिएन । अब राजनीति र आर्थिक विकास एजेन्डा एक साथ अघि बढ्नेछ’, दाहालले भने । उनले स्थिर सरकार बनेपछि जनताको सपना पूरा हुने पनि बताए।

उनले वाम गठबन्धनको पाँच वर्ष भित्र नेपालीको आर्थिक जीवनमा परिवर्तन ल्याउने बताए । ‘मेरो अर्जुनदृष्टि विकासमै छ । दुवै छिमेकी देशसँग नयाँ नाकाहरू खोल्ने प्रयास भइरहेको छ’, उनले भने । उनले वाम गठबन्धनको सरकारले नेपाललाई नयाँ युगतर्फ लैजाने दाबी गरे।
नागरिकबाट

Skip This
Logo