काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सुदन किरातीलाई पार्टीमा कुनै पद दिने विषयमा हालसम्म आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै साम्पाङले सुदन किरातीसँग पदका विषयमा केही मौखिक छलफल मात्र भएको तर औपचारिक निर्णय नभएको बताएका हुन् । उनले यस विषयलाई लिएर फैलाइएका समाचार र हल्लाप्रति आपत्ति जनाउँदै अफवाह र मिडिया ट्रायल नगर्न आग्रह गरेका छन् ।
साम्पाङले आफ्नो भनाइमा “एस वा नोको अवस्था छैन” भन्दै अहिले कुनै निष्कर्षमा नपुगेको स्पष्ट पारेका छन् ।
यता, सुदन किराती हालै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी बाहिरिएका छन् । यससँगै उनको आगामी राजनीतिक भूमिका र सम्भावित नयाँ पार्टी संलग्नताबारे चासो बढेको छ ।





























प्रतिक्रिया