सुशासन र विकासमार्फत जनताको विश्वास जित्नुपर्ने गगन थापाको भनाइ

सुशासन र विकासमार्फत जनताको विश्वास जित्नुपर्ने गगन थापाको भनाइ

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासमा सीमित राख्न नहुने बताएका छन् ।

थापाले जनअपेक्षा र उपलब्धिबीचको दूरी कम गर्न नसकिएको गुनासो रहेको उल्लेख गर्दै यसको समाधान लोकतन्त्रको विकल्प नभई अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र भएको बताएका छन् ।

उनले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

Logo