काठमाडौं, २९, पुस
निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो। "/>

राष्ट्रियसभाको निर्वाचनका लागि २१ दल दर्ता

राष्ट्रियसभाको निर्वाचनका लागि २१ दल दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २९, पुस
निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो। राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गते सम्म दिइएको दल दर्ता समयमा २१ वटा पार्टीले दर्ता गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

उनका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल सहित २१ दलले दल दर्ता गराएका हुन् । यसैगरी दल दर्ता गर्नेमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी समेत रहेका छन् ।
नागरिकबाट

Skip This
Logo