शुक्रबारको मन्त्रीपरिषद बैठकले गरेका ७ निर्णय (सूचिसहित)

शुक्रबारको मन्त्रीपरिषद बैठकले गरेका ७ निर्णय (सूचिसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २८ पुस ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम टुङ्गो लगाउन सकेन् । बैठकले प्रदेशको अस्थायी मुकाम र मुख्य मन्त्री तोक्ने विषयमा छलफल भएपनि कुनै निर्णय नभएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए । तर बैठकले अरु महत्वपूर्ण ७ निर्णय गरेको प्रवक्ता बस्नेतले बताए ।

मन्त्रीपरिषद्का यी हुन् ७ निर्णय

१) २०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने ।

२) धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने ।

३) विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने ।

४) न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने ।

५) प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने ।

६) सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई पठाउने ।

७) उपरथी गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने ।

Skip This
Logo