काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त हत्याका हत्यारा जहाँ रहे पनि नछाडिने बताएका छन् । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले निर्मलाका हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने प्रतिबद्धता जनाएका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री थापाले यो प्रकरणमा सरकार गम्भीर भएर अनुसन्धान गरिरहेको बताए । नेपाली कांग्रेस सांसद डिला संग्रौलाले पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले यस्तो जवाफ दिएका हुन् ।
गृहमन्त्री थापाले अपराधीलाई राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानुनको कठघरामा ल्याएरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित: २३ माघ २०७५ १४:३७ बुधबार