कांग्रेसको प्रमुख सचेतकमा थापा, सचेतकमा राई

कांग्रेसको प्रमुख सचेतकमा थापा, सचेतकमा राई

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बासना थापा चयन भएकी छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दैलेख क्षेत्र नम्बर–१ बाट निर्वाचित थापालाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।

साथै ३५ वर्षीय युवा सांसद निश्कल राई सचेतक बन्ने भएका छन् । इलाम–१ बाट निर्वाचित राई ०७९ सालबाट मात्र पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । उनी त्यसअघि नेपाल विद्यार्थी संघको राजनीतिमा थिए ।

Logo