संसद् छलेर अध्यादेश ल्याउने कुरा उपयुक्त हुँदैन -कांग्रेस

संसद् छलेर अध्यादेश ल्याउने कुरा उपयुक्त हुँदैन -कांग्रेस

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने कुरा उपयुक्त नहुने जनाएको छ ।

एकातिर संसद् बोलाएको संसद् स्थगित गर्ने, अर्कोतर्फ संसद्लाई छलेर अध्यादेशहरू ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित नभएको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले भने, ‘सरकारले प्रस्ताव गरेर संसद्को अधिवेशन बोलाइसकेपछि अकारण फेरि संसद् पुनः स्थगन भएको हामीले समाचार पायौँ । एकातिर संसद् बोलाएको संसद् स्थगित गर्ने, अर्कोतर्फ संसद्लाई छलेर अध्यादेशहरू ल्याउन कदम लोकतन्त्रको लागि मर्यादित होइन । त्यो अनुकूलता त्यसले प्रदान गर्दैन, जवाफदेहिता स्थापित गर्दैन ।’

Logo