बालेन सरकारको अध्यादेशबारे के भन्यो रास्वपाले ?

बालेन सरकारको अध्यादेशबारे के भन्यो रास्वपाले ?

केन्द्रबिन्दु
975
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएको अध्यादेश विगतको जस्तो सत्ता स्वार्थ वा विपक्षीलाई दबाउन नभई प्रणाली सुधारका लागि भएको स्पष्ट पारेको छ।

बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारले अघि बढाएका अध्यादेशबारे गहन छलफल भएको छ। बैठकमा सहभागी सांसदहरूले विगतमा अध्यादेशलाई दल फुटाउन वा राजनीतिक प्रतिशोध साध्न प्रयोग गरिएको भए पनि वर्तमान सरकारको कदम विशुद्ध सुधार केन्द्रित रहेको बताएका छन्।

बैठकमा उठेका विषयबारे जानकारी दिँदै सभापति रवि लामिछानेले भने, “विगतमा भएका अनावश्यक दलीयकरण र गलत नियुक्तिहरूलाई नसच्याएसम्म जनताले यो सरकारबाट राखेको अपेक्षा पूरा गर्न सकिँदैन। अहिलेको अध्यादेश कसैलाई दुःख दिन वा कसैलाई विशेष सुविधा दिन ल्याइएको होइन, यो त आवश्यक कानुनी सुधारका लागि चालिएको कदम हो।”

बैठकमा रास्वपाले आफ्नो लोकतान्त्रिक निष्ठाको उदाहरण दिँदै विगतको अभ्यास र वर्तमान शैलीको तुलना समेत गरेको छ। “विगतमा प्रधानमन्त्रीकै पार्टीका सांसद लेखा समिति सभापति बनेका धेरै उदाहरण छन्। तर हामीले लोकतान्त्रिक मूल्य कायम राख्दै प्रतिपक्षले एक बचन नमाग्दा पनि संसदीय समितिको नेतृत्व दिने संस्कार देखायौँ,” बैठकमा छलफल भएको थियो।

Logo