झन्डै ८ हजार सुकुमबासीलाई राखियो चार वटा होल्डिङ सेन्टरमा

झन्डै ८ हजार सुकुमबासीलाई राखियो चार वटा होल्डिङ सेन्टरमा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । सरकारले बागमती नदी तथा यसका सहायक नदीहरूको किनारमा रहेका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गराउने अभियानलाई तीव्रता दिएको छ । अभियानअन्तर्गत हालसम्म आफूलाई सुकुम्बासी भएको दाबी गर्दै १८१६ परिवार (कुल ७,७८९ जना) सरकारी सम्पर्कमा आएका छन् ।

सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारले व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिसकेको छ । दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने आफैं आवासको व्यवस्था गर्ने भन्दै स्वेच्छिक रूपमा बाहिरिएका छन् ।

सरकारले प्रभावित व्यक्तिहरूको अस्थायी व्यवस्थापनका लागि निम्न स्थानहरूलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिरहेको छः
१. कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवन
२. नयाँ बसपार्क तथा माछापोखरी क्षेत्रका होटलहरू
३. भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र
४. बोडेस्थित कृषि तालिम केन्द्र

यो अभियानले नदी किनारका अतिक्रमित क्षेत्रलाई खाली गरी दीर्घकालीन रूपमा बागमती सभ्यता पुनःस्थापना गर्ने सरकारी लक्ष्यलाई समर्थन गर्दछ । सरकारले प्रभावित परिवारहरूलाई उचित व्यवस्थापन गर्दै अभियानलाई निरन्तरता दिने बताएको छ ।

Skip This
Skip This
Logo