विपक्षी दलले अवरुद्ध गरे संसद् बैठक १५ मिनेटलाई स्थगित 

विपक्षी दलले अवरुद्ध गरे संसद् बैठक १५ मिनेटलाई स्थगित 

केन्द्रबिन्दु
36
Shares

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक विपक्षी दलले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको जवाफ दिने कार्यसूचीअन्तर्गत सदनमा प्रधानमन्त्री वालेन शाह उपस्थित नभएपछि संसदमा प्रतिनिधित्व गर्ने रास्वपा बाहेकका विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रधानमन्त्रीको सट्टा सभामुखले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न समय दिएपछि विपक्षी दलका सांसदहरूले विरोध गरेका हुन् ।

Logo