काठमाडौँ, १५ पुस । “हामी हारेका छैनौँ, हारेको मनोविज्ञान नलिऔँ, अहिले एक–अर्काेलाई आरोप र प्रत्यारोप गरेर भएको संगठनलाई भत्काउने काम नगरौँ” नेपाली काँग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठले भर्खरै सम्पन्न निर्वाचनको यसरी समीक्षा गरे । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

काँग्रेस नेतृत्वलाई नेताहरुको यस्तो सुझाव

काँग्रेस नेतृत्वलाई नेताहरुको यस्तो सुझाव

केन्द्रबिन्दु
१५ पुस २०७४, शनिबार
0
Shares

काठमाडौँ, १५ पुस । “हामी हारेका छैनौँ, हारेको मनोविज्ञान नलिऔँ, अहिले एक–अर्काेलाई आरोप र प्रत्यारोप गरेर भएको संगठनलाई भत्काउने काम नगरौँ” नेपाली काँग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठले भर्खरै सम्पन्न निर्वाचनको यसरी समीक्षा गरे । 

पूर्व सांसद मञ्च, नेपालले आज आयोजना गरेको विचार गोष्ठीमा मञ्चका अध्यक्षसमेत रहेका श्रेष्ठले भने – संगठन, कार्यशैली र विधानमा भएको त्रुटीलाई सच्याएर अघि बढौँ, हिनता बोध नगरौँ, अब नीति सिद्धान्तवादी र कार्यक्रम यथार्थवादी बनाएर अघि बढौँ । 

मञ्चका महासचिव होमराज दाहालले नेपाली काँग्रेसको पुनर्जागरणको कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाली काँग्रेसका आन्तरिक व्यवस्थामा भएको अव्यवस्था र अकर्मण्यता, विपक्षीको एकता र प्रहार एवं सरकार सञ्चालनबाट जनतामा देखिएको निराशा नै पराजयका प्रमुख कारण भएको धारणा राखे । 

उनले भने– पार्टीभित्र मौलाउँदै गरेको गुटबन्दी, भागबण्डाको राजनीति, व्यक्तिवादी प्रवृत्तिको अन्त्य गर्दै निर्वाचनको निर्मम समीक्षासँगै लोकतान्त्रिक आचरण युक्त युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कार्ययोजना बनाउन आवश्यक छ । नेपाली काँग्रेसका पुराना नेता विपीन कोइरालाले नेपाली काँग्रेसले विश्वव्यापी राष्ट्रियताको लहर थाहा पाउन नसक्नु नै निर्वाचनमा पराजयको प्रमुख कारण हो भने । 

उनले भने– जनआन्दोलनपछि दुई तिहाइको संख्यामा वामपन्थीलाई संसद्मा प्रवेश गराउने, काँग्रेस हारे पनि मुलुकले जित्छ भन्ने गलत सोच राख्ने, पूर्वसहमतिअनुसार सुशील कोइरालालाई राष्ट्रपति बनाउनबाट वञ्चित गराउने, नाकाबन्दीको विरुद्धमा स्पष्ट धारणा सार्वजनिक गर्न नसक्नु, स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेल गर्नु नै पराजयका कारणहरु हुन् । 

भारतका लागि पूर्व राजदूत एवं नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्यायले नेपाली काँग्रेसको लोकप्रिय मत धेरै नघटेको हुँदा अझै पनि पार्टीमा पुनःजागरण सम्भव छ भने । अर्का पूर्वसांसद तारणीदत्त चटौतले निर्वाचनमा काँग्रेसका धेरै उम्मेदवारको पराजय भए पनि दलले प्राप्त गरेको लोकप्रिय मतलाई विश्लेषण गर्दा आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरे  । 

नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले आठ वर्षको प्रवासपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै पूर्व सांसद मञ्चले नेपाली काँग्रेस पूर्व सांसदको भेला राखेको हो । 

उक्त भेलामा सहभागी नेताले तीन पुस्ते राजतन्त्रको शासनकालमा जेल नेल भोगेका नेताले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न, एउटै व्यक्ति छ पटकसम्म उम्मेदवार भै रहने प्रवृत्ति हटाउन सुझाव दिँदै थोरै समय शासन गर्ने बिपी कोइरालाको कार्यकाल नै स्वर्णिय कार्यकाल रहेको पक्षलाई स्मरण गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । रासस

प्रतिक्रिया

भर्खर

एसियन गेम्स पुरुष क्रिकेटमा आज मेलेसिया र नेपाल भिड्दै

राजबन्दीलाई कागजपत्र बिना रिहा गर्ने भुटान सरकारको कदमप्रति विश्वव्यापी अभियानको असहमति

बसाइँसराइको गन्तव्य बन्दै हेटौंडा, चार वर्षमा ३४ सय घरपरिवार बसाइँ सरेर आए

रास्वपा अध्यक्ष लामिछाने र भारतका प्रधानमन्त्री मोदीको भेट, मोदीले भने, ‘नेबरहुड फर्स्ट’

राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu