हर्क साम्पाङलाई आशिकाको झटारो- एक महिनामै आकाशको तारा झार्नुपर्ने हो ?

हर्क साम्पाङलाई आशिकाको झटारो- एक महिनामै आकाशको तारा झार्नुपर्ने हो ?

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा देखाएकाे कार्यशैलीप्रति आपत्ति जनाएकी छन् ।

विगतमा साम्पाङको कट्टर समर्थक रहेको खुलासा गर्दै तामाङले पछिल्लो समय सदनमा उनको व्यवहार ‘अति’ भएको टिप्पणी गरेकी हुन् । “चिनी पनि धेरै खायो भने तितो हुन्छ,” भन्दै तामाङले साम्पाङको निरन्तरको विरोध र अडानप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।

सांसद तामाङले सरकार गठन भएको छोटो समयमै प्रतिपक्षबाट असम्भव अपेक्षा राखिएको भन्दै कटाक्ष गर्दै भनिन्- “यो सरकार जन्मिएको ४०-५० वर्ष भएको होइन, भर्खरै एक महिना पुग्दैछ। के एक महिनामै आकाशबाट जुन र तारा झार्नुपर्ने हो ?”

सदनमा साम्पाङले बारम्बार प्रधानमन्त्रीको मात्र खोजी गर्ने र अन्य सांसदहरूको अस्तित्वलाई नजरअन्दाज गर्ने गरेको तामाङको आरोप छ। उनले थपिन्, “के सदनमा हामी सांसदहरूको कुनै अस्तित्व छैन? घण्टौँसम्म उभिने, बोल्न दिएन भनेर सभामुखलाई दोष दिने कामले मात्र देश बन्दैन।”

विकासको बहसलाई केवल वाकयुद्धमा सीमित नगर्न आग्रह गर्दै तामाङले भनेकी छन्, “यदि बोलेर मात्र देश विकास हुने भए, नेपाल १०० वर्ष अगाडि नै सिङ्गापुर र युरोप जस्तो भइसक्थ्यो। हामीले पनि जायज कुरामा आवाज उठाएका छौँ, तर सदनमा सबैको समय र मर्यादाको ख्याल गरिनुपर्छ। अरूभन्दा बढी समय पाएर पनि सधैँ असन्तुष्टि मात्र पोख्नु कति न्यायोचित छ?”

Skip This
Skip This
Logo