काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई कास्की जिल्ला अदालतले फिर्ता गर्ने आदेश गरेको छ।
तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले रविको दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।
त्यस निवेदनमाथि शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले फैसला गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो। अब लामिछानेलाई सहकारी ठगीको मात्रै अभियोग कायम रहने भएको छ। यता लामिछानेसँगै जीबि भन्ने गितेन्द्रबाबु राई, छविलाल जोशी लगायतको पनि अन्य मुद्दा फिर्ता हुनेछ।































प्रतिक्रिया