कोशी प्रदेश सभाः पूर्वमुख्यमन्त्रीले रोस्टमको माइक फाल्न खोजेपछि…

कोशी प्रदेश सभाः पूर्वमुख्यमन्त्रीले रोस्टमको माइक फाल्न खोजेपछि…

केन्द्रबिन्दु
12
Shares

विराटनगर । प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सभाको बैठक सञ्चालन गर्न खोजेपछि लफडा भएको छ ।

मंगलबारको प्रदेश सभा बैठकमा संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए । बुधबारको बैठकमा पनि प्रतिपक्षले विरोधलाई निरन्तरता दिइरहेका थिए ।

तर प्रतिपक्षीको विरोधका बावजुत सभामुख विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि नेकपाका सांसद एवं पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले रोस्टममै पुगेर माइक फाल्ने प्रयास गरेका हुन् । तर तत्काल मर्यादापालकले रोकेर रोस्टमबाट तल झारेका थिए ।

प्रदेश सभा सञ्चालन नियमावलीको दफा ३७ मा प्रदेश सभा सदस्यहरूले संशोधन हाल्न सक्ने व्यवस्था भए पनि त्यही बुँदालाई टेकेर नै सभामुखले उपयुक्त ठहर्‍याएमा मात्रै संशोधन हाल्न दिन सक्ने भन्ने व्याख्या गरेका छन्। यसलाई विपक्षीले मानेका छैनन्।

Skip This
Skip This
Logo