विपक्षी दलको बैठकमा श्रम संस्कृति पार्टी पनि सहभागी

विपक्षी दलको बैठकमा श्रम संस्कृति पार्टी पनि सहभागी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलको बैठकमा सहभागी भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बसिरहेको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई, ध्रुव राई सहभागी भएका हुन् । यसअघि श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी भएको थिएन ।

आज भारतसँग सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिबारे रणनीति बुन्न विपक्षी दलको बैठक बसेको हो । पार्टी अध्यक्ष हर्क साम्पाङले सोमबार विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको अभव्यक्तिले सरकार सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध नरहेको प्रष्ट भएको भन्दै आपत्ति जनाइसकेका छन् । ‘सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक लिम्पियाधुरा फिर्ता गर्नु पर्छ भन्ने हाम्रो मागलाई सामसुम पार्ने, नेपाले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनीयत प्रष्ट भएको छ,’ विज्ञप्तीमा भनिएको छ।

Skip This
Skip This
Logo