काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पु-याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो।
यस्तै बैठकले सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
यसैगरी, सरकारले संवत् २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्न बनेको समितिको म्याद थप गरेको छ। सुरक्षा संयन्त्रको भूमिकाबारे अध्ययन गरी सिफारिस गर्न गठित उक्त समितिको कार्यावधि ४५ दिन थप गरिएको हो।
बैठकले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिमा नयाँ पदाधिकारीहरूको नियुक्ति समेत गरेको छ। समितिको अध्यक्षमा कास्कीका बलभद्र वास्तोला नियुक्त भएका छन् भने सदस्यहरूमा काठमाडौँका अमिर प्रसाद न्यौपाने र डा. रेहना श्रेष्ठ तथा लमजुङकी पद्मिनी सोतीलाई नियुक्त गरिएको छ।





























प्रतिक्रिया