जुम्ला प्रदेश खमा एमालेका रोकाया विजयी

जुम्ला प्रदेश खमा एमालेका रोकाया विजयी

केन्द्रबिन्दु
0
Shares

जुम्ला, २२ मंसिर ।

जुम्ला प्रदेश क्षेत्र नं (ख) मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी भएका छन् ।

नेकपा (एमाले) बाट उम्मेदवारी दिएका रोकायाले १० हजार ४५८ र उनका निकटतम प्रत्याशी नेपाली काँग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याएका छन् ।

रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा काँग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित भएका थिए ।

सत्ताइस हजार ३४४ मत रहेको त्यस क्षेत्रमा १७ हजार ८२७ मत खसेको थियो । खसेको कूल मतमा ५४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

विसं २०१० असार १० गते साविकको पाण्डवगुफा ४ सिंजा जुम्लामा जन्मेका रोकायाले जुम्ला बहुमुखी क्याम्पस जुम्लाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । विसं २०३८ देखि नेकपा(माले) बाट राजनीतिक जीवन शुरुवात गरेका उनी हाल एमालेको राष्ट्रिय हित सुरक्षा प्रबन्धक विभागको सदस्य छन् । रासस

Logo