काठमाडौं १ मा प्रकाशमान र ५ मा पोखरेलको शुरुवाती अग्रता

काठमाडौं १ मा प्रकाशमान र ५ मा पोखरेलको शुरुवाती अग्रता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ मंसिर ।

अत्यधिक चासोका साथ हेरिएको काठमाडौं क्षेत्र नम्बर १ र क्षेत्र नं. ५ को मतगणनाको सुरुवाती परिणाम आएको छ । शुरुवाती चरणमा १ नम्बरमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् ।

यसैगरी ५ नम्बर क्षेत्रमा एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् ।

पोखरेलले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् ।

त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।

कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएको छ ।

वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २३५ मत पाएका छन् ।

 

Logo