काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तथा गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएको गाडीको कालो सिसा हटाइएको छ ।
सुरक्षाको कारण देखाउँदै यसअघि ती गाडीमा प्रयोग गरिएको कालो सिसा गृहमन्त्री स्वयंको निर्देशनपछि हटाइएको हो । सार्वजनिक तथा निजी सवारीसाधनबाट कालो सिसा हटाउने अभियानअन्तर्गत गृहमन्त्री र सचिवको गाडीमा प्रयोग भइरहेको कालो सिसा सोमबार हटाइएको बताइएको छ ।
कालो सिसाको दुरुपयोग गरी अपराध हुन सक्ने भएकाले हटाउने र कारबाही गर्ने अभियान थालिएको हो ।































प्रतिक्रिया