विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई आज विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो । उनलाई आदेश बमोजिम न्यायिक हिरासतमा राख्न पठाइएको छ ।

असार ८ गते सुर्खेतबाट पक्राउ परेका उनीमाथि यसअघि ७ दिनको म्याद थपिएको थियाे । यता पौडेलकी पत्नीले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथि भोलि दोस्रो सुनुवाइ हुँदैछ ।

Logo