काठमाडौं ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको माग सम्बोधन गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको १६ बुँदे विरोध पत्रमा केन्द्रित भएर छलफल हुने बताइएको छ । सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनले यस अघि बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
शुक्रबार केन्द्रीय समिति बैठक बस्ने भएकाले विवादका विषयमा सभापति देउवाले त्यस अघि सहमति गर्न खोजेका हुन् । पौडेल पक्षले क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठन लगायतमा संंस्थापनसँग असन्तुष्टि राख्दै आएको विषयमा देउवाले सहमति गर्न खोजेका हुन् । देउवाले गठन गरेका विभाग खारेज गर्न गर्नुपर्ने पौडेल पक्षको माग छ ।





























प्रतिक्रिया