सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान

सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान

केन्द्रबिन्दु
0
Shares

चौतारा, १० मंसिर ।

आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान १०ः२० मिनेटमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले बताए ।

बिहान शुरु भएका कतिपय मतदान केन्द्रमा ५० प्रतिशत मतदान भएको र उत्साहपूर्वक मतदान भइरहेको बताइएको छ । जिल्लाको शान्तिसुरक्षा मजबुत भएको र उल्लेख्य रुपमा मतदाताको सहभागिता रहेको प्रजिअ अश्मान तामाङले जानकारी दिए । रासस

Skip This
Skip This
Logo