वामपन्थी दलले निरंकुशता ल्याउन खोज्दैछन् : नेत्री न्यौपाने

वामपन्थी दलले निरंकुशता ल्याउन खोज्दैछन् : नेत्री न्यौपाने

केन्द्रबिन्दु
0
Shares

कैलाली, ४ मंसिर ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व सचेतक ईश्वरी न्यौपानेले वामपन्थी दलले नेपाली जनतालाई फेरि अर्को निरंकुशताको जंजिरमा बाध्न खोजिरहेकाले सबैलाई सचेत रहन आग्रह गरेकी छन् ।

कैलाली क्षेत्र नं १ मा काँग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार न्यौपानेले टीकापुरमा चुनाबी सभालालाई सम्बोधन गर्दै नेत्री न्यौपानेले थारुको अधिकार स्थापित गर्न काँग्रेसले निर्वाह गरेको भूमिकाप्रति सबै जानकार रहेको बताइन् । निर्वाचनपछि देशले विकासको फड्को मार्ने बताउँदै उनले कम्युनिष्टले देशलाई सधैं अस्थिर बनाउन चाहेको आरोप लगाइन् ।

प्रदेशसभा उम्मेदवार डा रणबहादुर रावलले नेपाली जनताले लोकतान्त्रिक वातावरणमा देश विकास होस् भन्ने चाहना राखेको चर्चा गर्दै टीकापुरलाई विकासको गतिमा लैजान सामाजिक सद्भाव अपरिहार्य रहेकाले काँग्रेसले मात्र सबैलाई मिलाएर लैजानसक्ने विचार व्यक्त गरिन् ।

Skip This
Skip This
Logo