कोरोनाबाट आजसम्मकै उच्च मृत्यु, एकै दिन ३० जना थपिए

कोरोनाबाट आजसम्मकै उच्च मृत्यु, एकै दिन ३० जना थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ । आज मात्र ३० जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ८४४ छ ।

काठमाडौं उपत्यका आज १ हजार ८७८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नयाँ आज काठमाडौंमा १ हजार ५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ६७ हजार ३५६ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ६ हजार ५९ जना कोरोना संक्रमित छन् । ललितपुरमा ९ हजार ४२७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ८२ हजार ८४२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । आज ३ हजार ३०९ जना नयाँ संक्रमित थपिएका छन् ।

आजको पिसिआर परीक्षण १३ हजार १४४ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ९४ हजार १२२ रहेको छ । आज ३६ हजार ९११ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo