जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा

जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा

केन्द्रबिन्दु
0
Shares

जाजरकोट, १ मंसिर ।

कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जिताउनका लागि सहयोग गरेको देख्दा सबैलाई अनौंठो लाग्छ ।

दोस्रो संविधानसभामा जाजरकोट क्षेत्र १ बाट उम्मेदवार बनेका डम्बरबहादुर सिंह अहिलेका वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार बनेका शक्तिबहादुर बस्नेतबाट डम्बरसिंह पराजित भएका थिए ।

तत्कालीन क्षेत्र नं १ का उम्मेदवार बस्नेत र सिंहले चुनावका बेला एक-अर्कालाई आरोप प्रत्यारोप प्रशस्तै लगाएका थिए । अहिले सिंह नै बस्नेतलाई जिताउनका लागि गाउँ–गाउँमा भोट माग्दै छन् ।

पूर्वी क्षेत्रका सबै ठाउँमा परिचालनको मुख्य जिम्मेवारी बोकेर उनले बस्नेतका लागि गाउँगाउँमा पुगेर भोट मागिरहेका छन् । “हाम्रो राजनीतिक लाइन जसरी अघि बढ्छ त्यसरी नै हामी अगाडि बढ्नुपर्छ” सिंहले भने ।

वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेत पनि हिजोका राजनीतिक सम्बन्धलाई अहिले सम्झेर सम्भव नहुने बताउँछन् । “राजनीतिमा अनेक सम्भावना हुन्छन् । कहिले एकले अर्कालाई हराउनुपर्ने समय आयो भने अहिलेसँगै मिलेर जानुपर्ने भयो,” उनले भने, “राजनीतिमा यो नयाँ अनुभव हो । हामी नयाँ अभ्यास गर्दैछौं ।”

वाम गठबन्धनका कारण जाजरकोट प्रतिनिधिसभा र क्षेत्र नं १ मा (माओवादी केन्द्र) को भागमा परेको छ भने क्षेत्र २ एमालेको भागमा परेको छ । रँसस

Logo