महरा पत्नी सीताको आज नर्भिक अस्पतालमा निधन भएको थियो । "/>

पूर्वसभामुख महराले स्वर्गिय पत्नी सीताकाे शवलाई माला लगाइदिएर गरे अन्तिम विदाई

पूर्वसभामुख महराले स्वर्गिय पत्नी सीताकाे शवलाई माला लगाइदिएर गरे अन्तिम विदाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्वसभामुख एवं प्रतिनिधीसभाका सांसद कृष्णबहादुर महराले स्वर्गिय पत्नी सीताको पार्थिव शरीरमाथि माला लगाइदिएर अन्तिम विदाइ गरेका छन् ।

महरा पत्नी सीताको आज नर्भिक अस्पतालमा निधन भएको थियो । उनलाई कोरोना संक्रमण पनि पुष्टि भएको थियो । उनको आजै पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा दाहसंस्कार गरिएको छ ।

१० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि कात्तिक १४ गते थप उपचारका लागि दाङबाट काठमाडौँ ल्याइएको थियो । दशैँमा पुर्ख्यौली घर रोल्पा मेवाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङमा रहेको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनमा कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वसभामुख पत्नी महरा ५९ वर्षकी थिइन् । उनको पूर्वसभामुख महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।

तस्विरहरु : डिल्ली मल्लको फेसबुकबाट

Logo