फेवाताल संरक्षण गर्नेलाई भोट

फेवाताल संरक्षण गर्नेलाई भोट

केन्द्रबिन्दु
0
Shares

पोखरा, २५ कात्तिक । आन्तरिक एवं बाह्य पर्यटकले खचाखच भएको फेवाताल किनारास्थित लेकसाइडका पर्यटन व्यवसायीले घरदैलोमा आएका उम्मेदवारसँग हात मिलाउँदै भने अवको भोट फेवा ताल बचाउनेलाई दिन्छौ । 

वाम गठबन्धन निर्वाचन परिचालन कमिटीद्वारा आयोजित निर्वाचन क्षेत्र नं ३ प्रदेश (ख) का उम्मेदवार राजीव पहारीसहितको घरदैलो कार्यक्रमका बेला स्थानीय बासिन्दाले यसरी फेवातालप्रति चिन्ता व्यक्त गरेका हुन । 

युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका उम्मेदवार पहारीले पछिल्लो समय फेवाताल अतिक्रमण भएको जग्गालाई मुआब्जा दिएर तालको मुहान हर्पनखोलाबाट आउने बालुवा, ढुंगा र लेदो रोक्न चेक ड्याम लगाउने प्रतिबद्धता व्यक्त गर्दै भोट मागेका थिए ।

Logo