घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति यादवविरुद्ध घरबेटीको १५ दिने सूचना

घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति यादवविरुद्ध घरबेटीको १५ दिने सूचना

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० कात्तिक ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले पछिल्लो तीन महिनादेखि घर भाडा नतिरेको आरोप लगाउँदै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् ।

पूर्वराष्ट्रपति यादव ललितपुर-४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडामा बस्दै आएका छन् । उनको घर भाडा सरकारले तिर्दै आएको थियो ।

घरबेटी विष्टले सोमबार एउटा राष्ट्रिय दैनिकमा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् ।

घरबेटीले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी २०७४/४/१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भर्इ जाने व्यहोरा सादर अनुरोध छ ।’

पूर्वराष्ट्रपति यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासले आवास सेवा उपलब्ध गराउँदै आएको विष्टले जारी गरेको सूचनामा उल्लेख छ । तर, गत साउनदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्ट«पति यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा नतिरेको विष्टको गुनासो छ ।

देश र सरकारले उच्च सम्मान गर्नुपर्ने पूर्वराष्ट्रपतिले भाडा नतिरेर यस किसिमको सार्वजनिक सूचना निस्कनु पूर्वराष्ट्रपति मात्र नभएर सिंगै राष्ट्र लज्जित हुनुपर्ने अवस्था हो ।

घरबेटीको गुनासो छ– घरबहाल सम्झौता नवीकरण नगरी बहाल तथा विजुलीको बिल रकमसमेत भुक्तानी नगरी जबरजस्ती रुपमा बस्ने बसाउने कार्य भइरहेको छ । उनले शीतलनिवास र पूर्वराष्ट्रपति यादवलाई समेत पटक(पटक ताकेता गर्दा पनि घर खाली नगरिदिएकाले बाध्य भएर सूचना जारी गरेको दावी गरेका छन् ।
स्मरणीय छ, सरकारले पूर्वप्रंधानमन्त्रीलाई पनि मासिक घरभाडा उपलब्ध गराउँदै आएको छ ।

Skip This
Skip This
Logo