विवेकशील साझा: ‘उप मेयर’को नाम सुरक्षित, ‘मेयर’ को नाम आउट

विवेकशील साझा: ‘उप मेयर’को नाम सुरक्षित, ‘मेयर’ को नाम आउट

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १८ कार्तिक । 

बिबेकशील पार्टीबाट स्थानीय चुनाबमा काठमाडौँ महानगरपालिकाको मेयरका लागि उम्मेद्वारी दिएर उल्लेख्य मत हासिल गरेकी रन्जु दर्शना प्रदेश र प्रतिनिधि सभाको बन्दसूचीमा भने परेकी छैनन् । 

दर्शनाको नाम हताइए पनि काठमाडौं महानगरपालिकाको उप मेयरमा चुनाब लडेकी निरूपमा यादवको नाम भने समावेश गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको २५ जनाको सूचीमा उक्त पार्टीले अधिकांश महिलालाई समावेश गरीएको छ  ।

बन्दसूचीमा रमेश महर्जन, प्रकाशचन्द्र परियार, मुमाराम खनालसहित उमेदकुमार पुन शेरपुञ्जा, प्रतिभा डंगोल, प्रमोद बारघरे, सुनिता कर्माचार्य श्रेष्ठ, जानुका तामाङ, राम तपस्या कुमार साह, खुश्बु शर्मा लगायतको नाम बन्द सूचीमा राखेको छ । त्यस्तै प्रदीपकुमार यादव, अरूण चौधरी, गौरी कुमारी चौधरी, गेहेन्द्रप्रसाद दाहाल, रेशु अर्याल ढुंगाना, विमला पन्त (ओझा) सोनिका लामा केसी, ऋचा थापा, शुदर्शन धिताल, हर्कबहादुर पुजारा, शोभिता परियार, राधिका दर्जी र सवनम जहां पनि बन्दसूचीमा छन् ।

काठमाडौँ महानगरको मेयरमा करिब ६४ हजार मतका साथ् एमाले उम्मेदवार बिध्या सुन्दर शाक्यले जित हात पर्दा रन्जुले करिब साढे २३ हजार भोटका साथ् तेश्रो स्थान हासिल गरेकी थिईन । उनी बिबेकशील पार्टीको सस्थापक सदस्य हुन् । अहिले उनी केन्द्रिय कार्यपालिका समिति सदस्य छन् ।

Skip This
Skip This
Logo