नेकपा विवाद मिलाउन दोस्रोतहका नेताहरुको सक्रियतादेखि पर्यटन क्षेत्रले लय लिने लक्षणसम्म (भिडियो)

नेकपा विवाद मिलाउन दोस्रोतहका नेताहरुको सक्रियतादेखि पर्यटन क्षेत्रले लय लिने लक्षणसम्म (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।

यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुनसुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।

आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद फुटको संघारमा पुगेपछि दोस्रो तहका नेताहरु पार्टी जोगाउन अग्रसर भएका छन् । उनीहरुले पार्टी फुटाउन नभइ एकतालाई मजबुद बनाउन एकजुट हुनुपर्ने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्दै प्रधानले आफू २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

कोरोना कहरकाबीच नेपाली पर्यटन क्षेत्रले लय लिने लक्षण देखिएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको हिमाल आरोहण कात्तिक १ गतेदेखि खुला गरेसँगै अनुमति लिनेहरुको संख्या बढेको छ । शरद ऋतुका लागि अहिलेसम्म ९९ जनालाई हिमाल आरोहणको अनुमति दिइएको छ । यसैक्रममा कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला पनि आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् ।

विश्वभर ४ करोड ६८ लाख ९१ हजार भन्दा मानिस कोरोना संक्रमित भएका छन् । यीमध्ये ३ करोड ३७ लाख ९२ हजार भन्दा बढी निको भएका छन् भने १२ लाख ६ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनहु बढदो छ । चाडपर्वको चहलपहल र मौसम परिवर्तनसँगै कोरोना भाइरसको जोखिम थप बढेको विज्ञहरुले बताएका छन् ।

अमेरिकामा बहुप्रतिक्षित राष्ट्रपतीय निर्वाचन मंगलबार हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यतिबेला विश्व समुदायको ध्यान अमेरिकातर्पm सोझिएको छ । भिडियो :

 

 

Skip This
Skip This
Logo