काठमाडौँ, ३१, असोज
नेपाल राष्ट्र बैंकले बिटक्वाइन कारोबारमा ई–सेवाको संलग्नताबारे अनुसन्धान थालेको छ । नेपालमा बिटक्वाइन बेच्ने बिटसेवाले आफ्नो अफिसियल गेटवेका रूपमा ई–सेवालाई राखेको थियो । "/>

बिटक्वाइन कारोबार प्रति राष्ट्र बैंकले अनुसन्धान थाल्यो

बिटक्वाइन कारोबार प्रति राष्ट्र बैंकले अनुसन्धान थाल्यो


काठमाडौँ, ३१, असोज
नेपाल राष्ट्र बैंकले बिटक्वाइन कारोबारमा ई–सेवाको संलग्नताबारे अनुसन्धान थालेको छ । नेपालमा बिटक्वाइन बेच्ने बिटसेवाले आफ्नो अफिसियल गेटवेका रूपमा ई–सेवालाई राखेको थियो । लगातार समाचार आएपछि बिटसेवाको साइट बन्द भएको छ । लाखौँ नेपाली रुपैयाँ वा डलर तिरेर सर्वसाधारणले बिटसेवामा संकलन गरेको बिटक्वाइन अब के हुन्छ भन्ने पनि टुंगो छैन । यता सिस्टम अपग्रेड गर्ने भन्दै ई–सेवाले पनि आफ्नो कारोबार शुक्रबार देखि नै अवरुद्ध गरेको छ ।

संसारको कुनै पनि राज्यले उत्पादन नगरेको, कुनै पनि निकायमा सुरक्षण नभएको र भौतिक आकार र अस्तित्व समेत नभएको यस्तो ‘भर्चुअल करेन्सी’ खरिदबिक्री गरेर रातारात धनी हुने ध्याउन्नमा लागेको गिरोहका सातजना पक्राउ परिसकेका छन् । अनलाइनमा घन्टा घन्टामा दर तल माथि हुने यस्तो मुद्रा किन्दा रातारात करोडपति हुन सकिने भन्दै विभिन्न गिरोहले सर्वसाधारणलाई आकर्षित गर्दै आएका थिए । बिटक्वाइनको कारोबारलाई सरकार र राष्ट्र बैंकले अवैध मानेका छन् । अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको ई–सेवाबाट बिटक्वाइनको कारोबार भइरहेको तथ्य बाहिर आएपछि राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको हो । राष्ट्र बैंकले सूचना सार्वजनिक गरेर बिटक्वाइन कारोबार नगर्न तथा नगराउन भनेको छ ।
नयाँपत्रिकाबाट

Logo