नेकपाका दुवैपक्षलाई छलफलका लागि बोलायो निर्वाचन आयोगले

नेकपाका दुवैपक्षलाई छलफलका लागि बोलायो निर्वाचन आयोगले

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका दुवै पक्षलाई निर्वाचन आयोगले बोलाएको छ । आयोगले दुवै पक्षका ५/५ जनालाई शुक्रबार विहान साढे ११ बजे उपस्थिती हुनु पर्ने गरि छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रबिन्दुलाई बताए ।

यस अघि आयोगले दुवै पक्षको आधिकारिकताबारे कुनै निर्णय नगरि पुरानै नेकपालाई मान्यता दिने बताएको थियो । यसपटक उसले दुवै पक्षलाई निर्वाचन सम्बन्धी छलफलका लागि बोलाएको हो।

सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचन मिति तय गरिसकेको अवस्थामा सत्तारुढ दल नेकपा भने आधिकारिकता खोजीमै छ ।

Logo