एमाले आरोप : मतगणनामा सत्तापक्षको हस्तक्षेपपूर्ण अवान्छित गतिविधि (भिडियोसहित)

एमाले आरोप : मतगणनामा सत्तापक्षको हस्तक्षेपपूर्ण अवान्छित गतिविधि (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ असोज ।

प्रमुख प्रति दल नेकपा एमालेले प्रदेश २ का स्थानीय तहको विभिन्न स्थानका मतगणनाका क्रममा राज्य पक्षबाट अवान्छित गतिविधि भइरहेको आरोप लगाएको छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा बिहीवार साँझ बसेको स्थायी कमिटी बैठकमा पार्टी नेताहरुले एमालेले जित्ने निश्चित भएका ठाउँमा गणना रोक्ने र घोषणा हुन नदिने क्रियाकलाप भएको जिकिर गरे ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले मतगणना भइरहेका ठाउँमा कर्मचारी र सुरक्षाकर्मी हेरफेर गर्ने र मत नै तलमाथि गर्ने काम भएको बताए । उनले राज्य संयन्त्रको दुरुपयोग निर्वाचनदेखि मतगणनासम्म जारी रहेको बताए ।

ज्ञवालीको भनाइ थियो( कर्मचारी हेरफेर गर्ने, मतपत्र च्यात्न प्रयत्न गर्ने, एमालेले जितेका ठाउँमा परिणाम घोषणा गर्न नदिने जस्ता उद्दण्ड व्यवहार देखिएका छन् । यस्ता गतिविधि तत्काल अन्त्य हुनुपर्छ ।’

एमालेले सिरहाको लहान, महोत्तरीको पिपरा, बाराको कोल्हबी, आदर्श कोतवाल, पर्साको सखुवा प्रसौनी लगायतका स्थानीय तहमा नियोजित रुपमा अवान्छित गतिविधि भएको बताएको छ ।

वीरगन्ज महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतकै मिलेमतोमा ५० मत गायब पारिएको प्रकरण सार्वजनिक भएपछि राज्य संयन्त्र दुरुपयोग भएको देखिएको एमालेको आरोप छ ।

 

Logo